मुख्यमन्त्री राई अमेरिका जाने


 


विराटनगर, असार १३

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई अमेरिका प्रस्थान गर्ने भएका छन् । बाल्मिोटरमा जुलाई ५, ६ र ७ मा हुने नेपलिज् एसोसिएसन इन अमेरिकाको नेशनल कन्फरेन्समा प्रमुख अतिथिको रुपमा भाग लिन राई त्यसतर्फ प्रस्थान गर्न लागेका हुन ।

उनको भ्रमणलाई प्रदेश सरकारको शुक्रबार बसेको बैठकले स्वीकृति प्रदान गरेको छ । असार १६ गते अमेरिकातर्फ गई मुख्यमन्त्री राई २५ गते फर्कने कार्यक्रम रहेको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए ।

शुक्रबारको मन्त्रिपरिषद्ले प्रदेश सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक २०७६, प्रदेश लोकसेवा आयोगकको विधेयक २०७६, प्रदेश स्वायत्त संघसंस्था विधेयक २०७६ लाई र जाँचबुझ तथा अनुसन्धान आयोग विधेयक २०७६ लाई प्रदेशसभामा पेश गर्न स्वीकृति दिएको छ ।

प्रकाशित मिति: १३ असार २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्