झापामा २७ जनामा डेंगुको संक्रमण फेला


 


झापा । झापामा २७ जनामा डेंगुको संक्रमण फेला परेको छ । एक महिनाअघि सुनसरीको धरानमा देखा परेको डेंगुको प्रकोप विस्तारै पूर्वी तराईका जिल्लामा फैलन थालेको छ ।

झापाको विर्तामोडमा ९ जना, दमकमा ७ जना, मेचीनगरमा ७ जना, अर्जुनधारामा २ जना, भद्रपुर नगरपालिकामा एक जनामा डेंगुको सक्रमण देखा परेको जिल्ला स्वास्थ्य कार्यालय झापाका कार्यक्रम अधिकृत कुलबहादुर पौडेलले जानकारी दिए । उनीहरुको दमकस्थित दमक अस्पताल, विर्तामोडको बिर्तासिटी, बिएण्डसी टिचिङ र मनमोहन अस्पतालमा उपचार भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

वैज्ञानिक वर्गीकरण अनुसार टाइप वान, टाइप टु, टाइप थ्री र टाइप फोर गरी चार प्रकारका डेंगु रोग हुने चिकित्सकले बताएका छन् । डेंगु संक्रमणले शरीरका संवेदनशील अंगबाट रक्त श्राव भई बिरामीको मृत्यु गराउँछ । झापा सबै प्रकारका डेंगु फैलिने जोखिम जिल्ला रहेकोले संक्रमण फैलने सक्नेमा स्वास्थ्य कार्यलय सचेत रहेको र्यालयका कार्यक्रम अधिकृत पौडेले बताए ।

प्रकाशित मिति: १३ असार २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्