चुनावको मुखैमा “ककटेल पार्टी” दिएपछि अध्यक्षका प्रत्यासी पौडेल विवादित


 


इटहरी। असार १४ मा हुन गइरहेको उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षका एक जना प्रत्यासी भीम पौडेललाई आफूले दिएको ‘ककटेल पार्टी’ले विवादमा तानेको छ ।

१२ असार राती उनले आफूनिकट र केही अन्य व्यावसायीलाई बोलाएर सदस्यका प्रत्यासी जीवन पराजुलीको होटलमा ककटेल पार्टी दिएका थिए । जसको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्दै धेरैले आलोचना गरेका छन् ।

व्यापारी व्यावसायीलाई प्रभावमा पार्न रकमको खेल भएको भन्दै इटहरीवासीले उनको आलोचना गरेका हुन् । उनी नेपाली कांग्रेस निकट व्यावसायी हुन् ।

यसै पनि चुनाव प्रचारका क्रममा कार्टुनको भिडियो बनाएर आफ्नो पक्षमा लविङ गरेको विषयमा उनी आलोचित थिए । लगत्तै, उवा संघको साधारणसभा सकिएपछि दिएको ककटेल पार्टीले विवादीत बनाएको हो ।

कतिपयले रकम खर्च गरी चुनाव जित्ने, जाँड खुवाएर प्रभावमा पार्ने काममा पौडेल र उनको समूह सक्रिय रहेको बताएका छन् । उनको स्पर्धामा प्रगतिशील विचार राख्ने शैलेश विष्टको प्यानल उभिएको छ । विष्ट यसअघि कार्यबाहक अध्यक्ष थिए ।

प्रकाशित मिति: १३ असार २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्