चिनियाँ विज्ञसहितको टोलीले दैलेखमा पेट्रोलियम ग्यास उत्खनन् गर्दै


 


दैलेख । दैलेखको पञ्चकोशी क्षेत्रमा रहेको पेट्रोलियम ग्यास उत्खनन्को सम्भावना प्रारम्भिक अध्ययनका लागि नेपाल र चिनियाँ विज्ञ र प्राविधिक टोली दैलेख आउने भएको छ । खानी तथा भूगर्भ विभागका प्राविधिकसहित ‘चाइना जियोलोजिकल सर्भे’को टोली दैलेख आउन लागेको हो ।

दैलेखको श्रीस्थानलगायतका क्षेत्रमा रहेको पेट्रोलियम पदार्थ उत्खनन्को सम्भावना अध्ययन गर्न टोली दैलेख आउन लागेको हो । खानी तथा भूगर्भ विभागका महानिर्देशक डा सोमनाथ सापकोटाका अनुसार नेपाल र चिनियाँ टोली आइतबार दैलेख आइपुग्नेछ । विभागका महानिर्देशक सापकोटाले आइतबार दैलेख पुगेर पेट्रोलियम अन्वेषण शुरु गरिने जानकारी दिए ।

चीनले नेपालमा पहिलो पटक पेट्रोलियम पदार्थ अन्वेषणको काम शुरु गर्न लागेको उहाँको बताए । महानिर्देशक सापकोटाका अनुसार अन्वेषणका लागि झण्डै डेढ दर्जन चिनियाँ विज्ञ र प्राविधिक टोली नेपाल आइसकेका छन् । फरकफरक टोली बनाएर विभिन्न स्थानमा अन्वेषणको काम थालनी गरिने महानिर्देशक सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति: १३ असार २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्