शारिरीक अपांगता भएका ब्यक्तिहरुलाई ह्विल चेयर वितरण


 


उर्लाबारी, १२ असार ।

लायन्स क्लबहरुले बिहिवार मोरङको उर्लाबारीमा १० जना शारिरीक अपांगता भएका ब्यक्तिहरुलाई ह्विल चेयर वितरण गरेको छ ।
लायन्स र लियो क्लब अफ विराटनगर गोग्राह र लायन्स क्लब रंगेलीले उर्लाबारी – ७ बरगाछीमा एक कार्यक्रमको आयोजना गरी ह्विल चेयर वितरण गरेको हो ।

कार्यक्रमका प्रमुख आतिथी मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद् कुलप्रसाद साम्बा, बिशिष्ठ अतिथी उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो र उपमेयर लक्ष्मीदेवी भण्डारीले ह्विल चेयर प्रदान गर्नुभएको थियो । रतुवामाई – १० मनबहादुर कट्वाल, रतुवामाई ८ का कर्णबहादुर केसी, उर्लाबारी ८ का बिष्णुप्रसाद दुलाल, उर्लाबारी ३ कि मैया बस्नेत, वर्षा लिम्बु, उर्लाबारी ९ का हस्तबहादुर मगर लगायतलाई ह्विल चेयर प्रदान गरिएको थियो ।

प्रमुख आतिथी प्रदेश सांसद् साम्बाले मानविय सहयोगमा लायन्स क्लबले पुर्याउँदै आएको सेवाको चर्चा गर्नुभएको थियो । सांसद् साम्बाले लायन्सले गरेको कार्यले समाजमा सकारात्मक सन्देश बोकेको वताउनुभयो । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले लायन्सको समाजिक कार्यमा हातेमालो गर्दै अगाडी बढ्न नगरपालिका तयार रहेको बताउनुभयो ।

उपमेयर लक्ष्मीदेवी भण्डारीले शारिरीक अपांगता भएका ब्यक्तिहरुलाई अझैँ पनि सहयोगको खाँचो रहेको बताउनुभएको थियो । स्थापना कालदेखी लायन्सले गरिवी निवारण, शैक्षिक बिकाशका क्षेत्रमा र अन्य सामाजिक क्षेत्रमा पनि कार्य गर्दै आएको र आउदा दिनमा समेत यस्तै कार्य अगाडी बडाउदै जाने लायन्स क्लब अफ विराटनगर गोग्राहाका अध्यक्ष चन्द्रमणी गुरागाईले बताउनुभयो ।

प्रकाशित मिति: १२ असार २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्