एसइईमा रतुवामाईको अन्नपुर्ण इङलिस स्कुलले ल्यायो उत्कृष्ट नतिजा


 


उर्लाबारी, असार १२

बिहिवार सार्वजनिक एसइई परीक्षाको परीक्षाफलमा मोरङको रतुवामाई नगरपालिका – ९ इटहरामा रहेको अन्नपुर्ण इङलिस स्कुलले उत्कृष्ट नतिजा ल्याएको छ ।

स्कुलका प्रिन्सिपल याम अधिकारीका अनुसार परीक्षामा सहभागी २२ जना विद्यार्थी मध्ये सात जना विद्यार्थीले उत्कृष्ट ए प्लस नतिजा ल्याएका छन् । यस्तै १३ जना विद्यार्थीले ए र दुई जना विद्यार्थीले बि प्लस ग्रेड नतिजा ल्याएको प्रिन्सिपल अधिकारीले देशको न्युजलाई जानकारी दिनुभयो ।

२०५३ सालमा स्थापना भएको सो स्कुलले गुणस्तरीय शिक्षा प्रदान गर्दै विगतका वर्षहमा पनि एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउँदै आएको छ ।

प्रकाशित मिति: १२ असार २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्