विपद ब्यवस्थापन कोषबाट सहयोग


 


उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाको विपत ब्यवस्थापन कोषबाट आगलागी पीडित रामबहादुर थापाको घर निर्माणका लागि ५० हजार रुपैयाँ राहत दिएको छ ।

बुधबार उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो र उपमेयर लक्ष्मीदेवी भण्डारीले संयुक्त रुपमा वडा नं. ७ का वडाध्यक्ष बीरबल थापामार्फत सो रकम प्रदान गरेका हुन् ।आगलागीबाट घर पूर्ण रुपमा जलेको थियो भने थापाकी बुहारीको मृत्यु भएको थियो ।

त्यस्तै, उर्लाबारी–७ का आगलागी पीडित भक्तिराम अधिकारीलाई ७० हजार, अधिकारीकै घर छेउको पसलका अशोक कार्कीलाई २५ हजार, उर्लाबारी–८ का लखन हेमरनलाई ५० हजार, उर्लाबारी–६ का नारायण साहलाई ४० हजार, उर्लाबारी–३ का रामबहादुर सार्कीलाई २५ हजार, उर्लाबारी–९ का हेम चोङवाङलाई २५ हजार र लेटाङ–९ का वंशराज दाहाललाई २५ हजार रुपैयाँ विपत कोषबाट वितरण गर्ने कार्यपालिकाको बैठकबाट निर्णय गरिएको मेयर फागोले जानकारी दिए ।

विपत ब्यवस्थापन कोषमा मोरङ सुनसरी समाजले १ लाख र शाक्य समाज उर्लाबारीले १० हजार रुपैयाँ जम्मा गरेको थियो ।

प्रकाशित मिति: ११ असार २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्