विवाह गर्छु भन्दै फेसबूकमार्फत् ४ लाख ठगी गर्ने बस्नेत पक्राउ


 


काठमाडौँ । विवाह गर्छु भन्दै फेसबूकमार्फत् ४ लाख ५५ हजार ठगी गर्ने कल्पना बस्नेत पक्राउ परेकी छन् । फेसबुकमा संगीता बस्नेत नामको फेक आईडी बनाएर दोलखाको शैलुङ गाउँपालिका– ८ का ४२ वर्षिय एक व्यक्तिलाई फसाई ४ लाख ५५ हजार रुपैयाँ ठगी गरेको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

‘दोलखाको शैलुङ गाउँपालिका– ५ की कल्पना बस्नेतले तिमीलाई यो केटीले धेरै माया गर्छे भन्दै आफैँ फेसबूकबाट ठगी गरेको खुल्न आएको छ,’ थापाले भने ।

पीडितले असार ८ गने अपराध अनुसन्धान महाशाखामा उजुरी दिएपछि कल्पनालाई काठमाडौँ महानगरपालिका– १२ टेकुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ११ असार २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्