मन्त्री फेर्ने तयारीमा एमाअाेवादी


 


काठमाडाैं, बैशाख २६

केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तन गर्ने निर्णय फिर्ता लिएर एमालेसँग नौं बुँदे सहमति गरेको एकीकृत नेकपा माओवादीले सरकारमा सहभागि मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने तयारी थालेको  छ । पदाधिकारीले गरेको निर्णयले सिंगो पार्टीभित्रबाट चर्को आलोचना भइरहेको बेला एमाओवादीले मन्त्री परिवर्तन गर्ने गृहकार्य गरेको हो।

सात महिना बितिसक्दासमेत सरकारमा सहभागी ८ मन्त्रीहरुले जनताको समस्यालाई सम्बोधन गर्ने गरि काम गर्न नसकेको भन्दै फिर्ता बोलाउने तयारी भइरहेको एक नेताले बताए। नेपाल समाचारपत्र

प्रकाशित मिति: २६ बैशाख २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्