उर्लाबारी नगरपालिकाको बजेट ५६ करोड ८० लाख


 


उर्लाबारी । उर्लाबारी नगरपालिकाले आगामी आर्थीक बर्षदेखि मुस्कान सहितको सेवा नगरबासीलाई प्रदान गर्ने भएको छ ।  आज शुरु भएको नगरपालीकाको चौथो नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा नगरबासीलाई कर्मचारीले आफनो जिम्मेवारी पुरा गर्दा मुस्कान सहित छिटो, छरितो र सेवामैत्री व्यवहार अपनाउने पर्ने भएको छ ।

नगर प्रमुख खड्ग फागोको अध्यक्षतामा भएको सो सभामा नगर प्रमुख फागोले कार्य सूची, आर्थीक विधेयक तथा विनीयोजन विधेयक २०७६ पेश गरेका थिए भने उपप्रमुख लक्ष्मीदेवी भण्डारीले नगरपालिकाको निती तथा कार्यक्रम र आर्थीक बर्ष २०७६/०७७ को ५६ करोड ८० लाख ३८ हजार वरावरको बजेट प्रस्तुत गरेकी थिईन ।

उपमेयर भण्डारीले प्रस्तुत गरेको निती तथा कार्यक्रममा संस्थागत बिकास एवं सुशासन, भौतीक पूर्वाधार, खानेपानी तथा सरसफाई, विपद व्यवस्थापन तथा भू–संरक्षण,विधुत तथा बैकल्पीक उर्जा, शिक्षा, वन, वातावरण तथा जलवायु परिवर्तन,कृषी तथा पशु तथा पशुपंक्षी, राजश्व,सिचाई तथा नदि नियन्त्रण,पर्यटन विकास, महिला, वालवालीका तथा जेष्ठ नागरिक, आदिवासी, जनजाती, दलित,मधेसी,मुस्लीम, अपाङग तथा पिछडा बर्ग,युवा तथा खेलकुद विकास, बस्ती विकास तथा सहरी पूर्वाधार, जनसंख्या व्यवस्थापन, सामाजीक सुरक्षा कार्यक्रम र सूचना, प्रविधी तथा अभिलेखीका क्षेत्रमा नगरपालीकाले कार्य गर्ने उल्लेख गरीएको छ ।

सो सभामा उममेयर भण्डारी आन्तरिक आम्दानीबाट ५ करोड ६९ लाख ९१ हजार, संघिय सरकार राजश्व वाडफाडबाट १० करोड ४७ लाख, संघिय सरकार वित्तिय हस्तान्तरणबाट १५ करोड ८६ लाख, प्रदेश सरकार मार्फत वित्तिय हस्तान्तरणबाट, ७६ लाख ४० हजार, प्रदेश सरकार राजश्व बाड“फाड“ तर्फ १ करोड २५ लाख ७ हजार, सडक बोर्ड बाट ४५ लाख, ससर्त अनुदान तर्फ १९ करोड ४६ लाख, जग्गा रजिष्टेशन वाड“फाड“बाट १ करोड २५ लाख, सामुदायीक बिकास कार्यक्रमबाट १० लाख र चालु आर्थीक बर्षको मौजाद १ करोड ५० लाख गरी ५६ करोड ८० लाख ३८ हजार अनुमानीत आम्दानी गरीएको छ भने चालु तथा प्रशासनिक खर्च तर्फ ७ करोड ८२ लाख १३ हजार, चालु कार्यक्रम खर्च ७ करोड १३ लाख ६९ हजार १ सय ८ रुपया,सशर्त अनुदान तर्फ १९ करोड ४६ लाख, सामुदायीक बिकास कार्यक्रम तर्फ १० लाख र पुजीगत खर्च २२ करोड २८ लाख ५५ हजार ८ सय ९२ रुपया“ खर्च हुने अनुमान गरीएको बजेटमा उल्लेख गरीएको छ ।

नगर प्रमुख फागोले जनप्रतिनिधी शासक नभई नागरिकका सेवक भएकोले मुस्कान सहितका समृद्ध नगर बनाउने अन्य महत्वकांक्षी निती कार्यक्रम तथा सेवा बजेट ल्याईएकोले प्रस्तावीत नगरको सो निती तथा कार्यक्रम र बजेटमा विस्तुत छलफल गरी पारीत हुने बताएका छन ।

प्रकाशित मिति: १० असार २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्