सुनकोशी नदीमा कार खस्दा दुई जनाको मृत्यु


 


सिन्धुली, असार १०

सिन्धुलीको सुनकोशी गाउपालिका –२ कमेरेफाँटस्थित विपी राजमार्गमा आज विहान कार दुर्घटना हुदाँ एकै परिवारका दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

अरु दुई जना घाइते भएका छन् । खोटाङ हलेसीबाट काठमाडांै तर्फ जाँदै गरेको बा.१३ च ३७९३ नम्बरको कार सुनकोशी नदीमा खसेको हो । दुर्घटनामा परी कारमा सवार काठमाडौं महानगरपालिका –३१ नयाँबानेश्वर बस्ने ४५ की हेमा लामिछाने र सोही ठाँउ बस्ने वर्ष ६० का अच्चुत लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

मृत्यु हुने दुई जना जेठाजु बुहारी हुन् । दुर्घटनामा कारका चालक सोही ठाउँका मृतक हेमा लामिछानका श्रीमान ५८ वर्षका दिपक लामिछाने र मृतक अच्चुतकी २६ वर्षिया छोरी आस्था लामिछाने घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्र बहादुर श्रेष्ठले जानकारी दिनुभयो । कार आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल सुनकोशी नदीमा खसेको थियो ।

प्रकाशित मिति: १० असार २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्