प्रधानमन्त्री निवास अझै व्यक्तिकै नाममा
काठमाडौं, असार १०
बालुवाटारस्थित ललिता निवास अन्तर्गतको प्रधानमन्त्री निवास क्षेत्रमा हडपिएको सरकारी जग्गा फिर्ताको प्रस्ताव अलपत्र परेको छ । फिर्ता प्रस्ताव अलपत्र पर्दा अझै पनि प्रधानमन्त्री निवासको ११४ रोपनी सरकारी जग्गा व्यक्तिकै नाममा रहिरहेको छ । आजको राजधानी दैनिकमा समाचार छापिएको छ ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गा फिर्ताको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी भइरहेको बताए पनि अन्तिम समयमा आएर मन्त्रालयले महान्यायधिवक्तासँग छलफलकै क्रममा रहेको बहाना पार्दै मन्त्रिपरिषदमा पठाउन रोकेको छ ।
प्रकाशित मिति: १० असार २०७६, मंगलबार