झापामा अग्नि खरेललाई प्रमुख अतिथी राख्ने प्रस्ताव आएपछि बबाल


 


झापा । झापाको शिवसताक्षी नगरपालिका नगरपालिकाको नगर सभा बैठक विवादमा परेको छ। यही १० असार २०७६ हुन लागेको नगरसभा बैठकको प्रमुख अतिथिको बिषयमा मतभेद भएपछि नगरसभा विवादमा परेको हो।

शिवसताक्षी नगपरपालिकाको नगरसभा तथा आर्थिक वर्ष २०७६/०७७ को नीति कार्यक्रम प्रस्तुत हुने नगरसभाको प्रमुख अतिथिको बिषयमा नगरप्रमुख र बहुमत सदस्यबीच मतभेद भएको छ। बैठकमा मेयर चन्द्रकुमार शेर्माले महान्यायाधिवक्ता अग्नि खरेललाई नगरसभाको प्रमुख अतिथि बनाउने प्रस्ताव राखेका थिए।

मेयर शेर्माको प्रस्तावलाई उपमेयर भोजकुमारी नेपाल र वडा नम्बर २ का अध्यक्ष कुलबहादुर बस्नेतले मात्रै समर्थन जनाएका थिए। तर, तीनजना बाहेक सबै नगरसभा सदस्यले यस क्षेत्रबाट निर्वाचित एलपी सावाँ लिम्बूलाई प्रमुख अतिथि बनाउनुपर्ने अडान राखेका थिए।

बैठकमा वडा नम्बर १० का अध्यक्ष कर्णबहादुर थापा, वडा नम्बर ८ का अध्यक्ष केहरसिंह बस्नेत लगायत बहुमत सदस्यले भने नगरसभा बैठकमा क्षेत्रबाट निर्वाचित संसदलाई बनाउनुपर्ने भन्दै अडान लिएपछि बैठक बिनानिर्णय सकिएको थियो। बहुमत सदस्यहरुले भने नगरपालिकाका विकासमा नगरपालिका र निर्वाचित संसदको समन्वय जरुरी रहेको भन्दै प्रमुख अतिथि पनि सांसद साँवालाई बनाउनुपर्ने तर्क राखेका थिए।

प्रकाशित मिति: ९ असार २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्