द्रुतमार्ग निर्माणमा एक वर्ष समय थप्न नेपाली सेनाको प्रस्ताव


 


काठमाडौं । नेपाली सेनाले काठमाडौं तराई मधेश द्रुतमार्ग निर्माण सम्पन्न अवधि एक वर्ष थप्न प्रस्ताव गरेको छ। करिब सवा १ खर्ब रुपैया लागत अनुमान गरिएको द्रुतमार्ग २०७८ सालभित्र सम्पपन्न हुनेगरी सरकारले दुई वर्षअघि सेनालाई आयोजना हस्तान्तरण गरेको थियो। तर पूर्वसर्त र सम्झौता अनुसार निर्माण कार्य कठिन रहेको औंल्याउँदै सेनाले एक वर्ष म्याद थप्न प्रस्ताव गरेको हो।

टनेल, ब्रिजलगायत निर्माणमा विदेशी कम्पनीको सहयोग लिनेगरी तयार पारेको गुरुयोजना नै स्वीकृत नभइसकेको अवस्थामा सेनाले निर्माण अवधि बढाउन प्रस्ताव गरेको हो। मन्त्रिपरिषद्ले गुरुयोजना पारित नगर्दा समयमै काम गर्ने पूर्वनिर्धारित तालिकामा असर परेको सेनाले जनाएको खबर नागरिक दैनिकमा छ।

सेनाले रक्षा मन्त्रालयसमक्ष पूर्वनिर्धारित चार वर्षभित्र काम सम्पन्न गर्न नसक्ने र कम्तीमा १४ महिना थप समय आवश्यक पर्ने जानकारी गराईसकेको छ। दुई साताअघि राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा पनि सेनाले २०७९ भित्र आयोजना सक्ने जनाउ दिएको थियो।

प्रकाशित मिति: ९ असार २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्