जग्गाको मुआब्जा दिन भू माफियाहरुले आर्थिक प्रलोभन दिएको खुलासा


 


काठमाडौं । शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले बागमती करस्डोरको जग्गाको मुआब्जा दिन भू माफियाहरुले आर्थिक प्रलोभन दिएको खुलासा गरेका छन् ।

आईतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले बागमतीको जग्गाको मुआब्जा दिन भू माफियाहरु दुई पटक मन्त्रालयमा नै आएर आर्थिक प्रलोभन देखाएको खुलासा गरेका हुन् । मन्त्री राईले आर्थिक प्रलोभन दिने व्यक्ति भन्ने खुलाएनन् ।

उनले भू माफियाहरु सहित निर्वाचित जनप्रतिनिधिहरुले समेत निर्णय सदर गरीदिनु भन्दै आएको बताए । मन्त्री राईले कानूनी जटिलताका कारण बागमती मुआब्जा दिन नसकेको पनि बताए । उनले मुआब्जा दिनुपर्ने भनिएको ६ सय १४ रोपनी जग्गामध्ये ४ सय २६ रोपनीको मुआब्जा वितरण भइसकेको तर १ सय ८८ रोपनी जग्गाको मुआब्जा दिन कानूनी जटिलता रहेको बताए ।

प्रकाशित मिति: ८ असार २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्