गर्मीसँगै तराईमा सर्पको बिगबिगी


 


वीरगंज । गर्मी बढेसँगै तराई–मधेसका जिल्लामा सर्पको बिगबिगी बढेको छ । केही दिनदेखि अत्यधिक गर्मी बढिरहेका कारण सर्प दुलोबाहिर निस्केर खेतबारी, सडक र कच्ची घरभित्र समेत पस्न थालेपछि सर्पदंशका बिरामी पनि ह्वात्तै बढेका छन् ।

पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा दैनिक कम्तीमा १० जना सर्पले टोकेका बिरामी उपचारका लागि पुग्ने गरेका छन् । नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा पर्सा, बारा, रौतहटलगायतका जिल्लाबाट उपचारका लागि विरामीहरु आउने गरेको अस्पतालले जनाएको छ ।

सबैभन्दा बढी गोमन र करेतको टोकाइबाट सिकिस्त भएका बिरामी उपचारका लागि अस्पताल पुग्ने गरेको अस्पतालका इमरजेन्सी इन्चार्ज डा। सुनिलकुमार द्विवेदीले बताए ।

सर्पले टोकेलगत्तै अस्पताल पु¥याएका केही बिरामीबाहेक अन्य उपचारपछि सकुशल घर फर्किने गरेका छन् । विषालु सर्पले टोकेकालाई भने लामो समय अस्पतालमा राख्ने गरिएको छ ।

प्रकाशित मिति: ८ असार २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्