मधेश आन्दोलनका शहीद तथा घाइते परिवारलाई ‘दुधारु भैंसी वितरण’


 


सप्तरी, ८ असार । प्रदेश नं. २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र प्रसाद साहले मधेश आन्दोलनको घाइते तथा शहीद परिवारलाई दुधालु भैंसी वितरण गरेका छन् ।

आइतबार राजविराज–९ मलेठको शहीदचोकमा आयोजित एक कार्यक्रममा मधेश आन्दोलनका ३४ जना शहीद तथा घाइते परिवारलाई मन्त्री साहले दुधालु भैंसी वितरण गरेका हुन् ।

यसैगरी, प्रदेशभरिका शहीद तथा घाइते परिवारलाई एक–एक वटा दुधालु भैंसी वितरण गर्ने मन्त्री साहले मधेशवाणीलाई बताएका छन् ।

मधेश आन्दोलनका शहीद परिवार तथा घाइतेहरुको जीवनयापनका लागि प्रदेश सरकारले हरेक किसिमका सहयोग उपलब्ध गराउने प्रतिबद्धतासमेत मन्त्री साहले जनाएका छन् ।

प्रदेश सरकारले यसअघि नै मधेश आन्दोलनका शहीद परिवारका एक/एक जना सदस्यलाई सरकारी जागिरसमेत दिएको छ । घाइतेहरुलाई पनि आवश्यक सहयोग उपलब्ध गराउँदै आएको मन्त्री साहले जानकारी दिए ।

प्रकाशित मिति: ८ असार २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्