लगातार बर्षाले गर्दा जमिन नै भासियो


 


पर्वत । पर्वतमा लगातार वर्षाका कारण जमिन भासिएको छ । जमिन भासिदा जिल्ला समन्वय समिति पर्वतको भवन भत्किएको छ । जिल्ला समन्वय समितिको भवनमा रहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रको कार्यालयका दुई वटा कार्यकक्ष पुर्ण रुपमा भत्किएर क्षति पुगेको छ । भने आसपासको अन्य जमिन समेत भासिएको छ ।

जिल्ला प्रशासन कार्यालय अन्तर्गत विपद व्यवस्थापन समितिद्धारा संचालित जिल्ला आपतकलिन कार्य संचालन केन्द्र विहान ५ बजेको समयमा जमिन भासिएपछि भत्किएको प्रहरीले जनाएको छ । शसस्त्र प्रहरी चण्डिका गणमा कार्यरत हवल्दार नरबहादुर भण्डारी सुतिरहेको अस्थामा उक्त भवन भत्किएको हो । भवनबाट धुलोमाटो खस्न थालेपछि भवन चर्किएको र कोल्टेपरेको देखेपछि भवन भासिएको पत्ता लागेपछि उक्त स्थानमा रहेका सामानहरु हटाएको भण्डारीले बताउनुभयो ।

पाँच मिनेट मात्र ढिला गरी थाहा भएको भए आफ्नो ज्यान समेत नरहने उहाँले बताउनुभयो । समबन्य समितिका प्रमुख प्रशासकिय अधिकृत कमल पुनले भत्कीएको भवनको अनुगमन गरेको र त्यसलाई तत्काल पुननिमार्णको लागि अगाडि बढाउने बताउनुभयो । उहाँका अनुसार जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रको कार्यालयका दुई वटा कार्यकक्ष पुर्ण रुपमा भत्किएको छ ।

 

प्रकाशित मिति: ८ असार २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्