खुमलटारमा प्रचण्डले किन बोलाए आफु निकट नेतालाई ?


 


काठमाडौं, असार ८ पार्टीको राजनीतिक प्रतिवेदनमा जनताको बहुदलिय जनबाद राख्ने कि नराख्ने भन्ने विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद देखिएको छ । शनिबारको छलफलमा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले जबज राख्नुपर्ने प्रस्ताव गरेका हुन् । सोही विषयमा छलफल गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु निकट स्थायी समिति सदस्यलाई आइतबार खुमलटार निवास बोलाएर छलफल गरेका छन् ।

नेकपाको शनिबार बसेको सचिवालय बैठकले राजनीतिक प्रतिवेदन प्रकाशन गर्ने निर्णय गरेको थियो । पूर्व माओवादी र एमाले एकिकरणका बेला राजनीतिक प्रतिवेदनमा ‘जनताको जनवाद’ हुने सहमती भएको थियो । प्रचण्डले सोही अनुरुप सम्पादन भएर राजनीतिक प्रतिवेदन प्रकाशित गर्न अर्का अध्यक्ष केपी शर्मा ओलीसँग कुरा भइसकेको बताएका थिए ।

सहमती विपरित पूर्व एमाले नेता ईश्वर पोखरेलले राजनीतिक प्रतिवेदनमा बहुदलिय जनवाद हुने भन्ने धारणा सार्वजनिक गरेपछि दुबै पार्टी वीच अविश्वास बढेको थियो ।

प्रचण्ड निवास पुगेका नेकपा नेता अग्नी सापकोटाले शनिबार भएको सचिवालय बैठकको ब्रिफिङ र राजनीतिक प्रतिवेदन छाप्नेबारे अध्यक्षले जानकारी दिएको बताए । ‘राजनीतिक प्रतिवेदन छाप्ने सहमती जुटिसकेको छ,’ उनले भने, ‘सहमति अनुसार नै सम्पादन गरेर प्रकाशित गर्ने अध्यक्षबाट जानकारी पायौं ।’ बैठकमा प्रचण्डले पार्टी एकताका अन्य विषय र सरकारको विषयमा समेत छलफल गरेको एक नेताले बताए । साभार – दृष्टिबाट

प्रकाशित मिति: ८ असार २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्