सुनको मूल्यमा नयाँ रेकर्ड, हेर्नुहोस् आजको दरभाउ


 


काठमाडौं, असार ८

सुनको मूल्य लगातार बढिरहेको छ । विश्व अर्थतन्त्रमा अहिले लगानीकर्ताहरू सुनतर्फ आकर्षित भएको लगातार बढिरहेको सुनको मूल्यले पुष्टि गर्छ ।

आज सुन तोलामा ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि यही मूल्यमा कारोबार भएको थियो । यो मूल्य नेपाली बजारको हालसम्मकै उच्च हो ।

सरकारले बजेटमार्फत सुन आयातमा भन्सार महसुल बढाएपछि सुन लगातार बढ्न थालेको हो । अहिले नेपालमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

इरान र अमेरिकाको राजनीतिक युद्ध, अमेरिका र चीनको व्यापारिक युद्ध तथा भारत र अमेरिकाको व्यापारिक युद्धजस्ता कारणले सुनको मूल्य बढेको व्यवसायीहरू बताउँछन् ।

प्रकाशित मिति: ८ असार २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्