अब भारत जान नेपालीका लागि भिसा आवश्यक पर्ने


 


काठमाडौं, असार ७

अब भारत जान नेपालीका लागि भिसा आवश्यक पर्ने भएको छ । भारतस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै चीन, मकाउ, हङकङ र पाकिस्तानबाट भारत जाने नेपालीहरुका लागि भारतको भिसा आवश्यक पर्ने जनाएको छ ।

सूचनामा भनिएको छ, “चीन, मकाउ, हङकङ र पाकिस्तानबाट भारत प्रवेश गर्ने नेपालीहरुका लागि भारतको भिसा आवश्यक पर्ने जानकारी प्राप्त भएकोले सोही बमोजिम गर्न हुन जानकारी गराइन्छ ।“ त्यस्तै यसअघि वैशाख अन्तिमा एक सूचना जारी गर्दै भारत हुँदै तेस्रो मुलुक जाने नेपाली नागरिकका लागि अनिवार्य रूपमा नेपाली दूतावासको ’नो अब्जेकसन’ वा सिफारिस पत्र आवश्यक पर्ने जनाएको थियो ।

पटक पटक उक्त नियमका कारण झञ्झट र अप्ठेरो परेका गुनासो आएपछि नयाँ दिल्लीस्थित नेपाली दूतावासले यस्तो नियम ल्याएको बताएको थियो । भारतीय अध्यागमन पार गरेर तेस्रो मुलुक जानु पर्ने नेपाली नागरिकहरूका लागि दूतावासको सिफारिस पत्र आवश्यक पर्छ ।

प्रकाशित मिति: ७ असार २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्