किन स्थगित भयो सरकारको नियमित पत्रकार सम्मेलन ?


 


काठमाण्डौँ, असार ५

आज बिहिवार हुने भनिएको सरकारको नियमित पत्रकार सम्मेलन स्थगित भएको छ । यो हप्ता मन्त्रिपरिषदको कुनै बैठक नबसेका कारण सरकारले साप्ताहिक रुपमा गर्ने पत्रकार सम्मेलन स्थगित गरेको हो ।

एक हप्ता भरी गरेका निर्णय सुनाउन आयोजना गर्ने नियमित पत्रकार सम्मेलन स्थगित भएको सरकारका प्रवक्ता समेत रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमा नियमित पत्रकार सम्मेलन नहुने जानकारी गराउँदै लेखेका छन्, ‘गत साता मन्त्रिपरिषद बैठक नबसेकाले प्रत्येक बिहीबार हुँदै आएको पत्रकार सम्मेलन आज स्थगित भएको सबैमा जानकारी गराउँदछु ।’

सरकारका विषयमा उठेका प्रश्नको जवाफसहित सरकारले गरेका निर्णय सार्वजनिक गर्न र सञ्चारकर्मीले उठाएका सवालको उत्तर दिन प्रत्येक हप्ता बिहीबार सरकारले पत्रकार सम्मेलन गर्दै आएको छ ।

प्रकाशित मिति: ५ असार २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्