उर्लाबारीमा सदस्य सहकारीसँग राष्ट्रिय सहकारी बैंकको अन्र्तरक्रिया


 


उर्लाबारी, असार ५

राष्ट्रिय सहकारी बैंक लिमिटेडले मोरङको उर्लाबारीमा आज सदस्य सहकारी संघसंस्थाहरुसँग अन्तरक्रिया गरेको छ ।
राष्ट्रिय सहकारी बैंक लिमिटेड उर्लाबारी शाखाको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा केन्द्रीय अध्यक्ष रमेशप्रसाद पोखरेलले सहकारी अभियानलाई थप प्रभावकारी बनाउन बैंकको महत्वपूर्ण सहयोग रहने बताउनुभयो ।

उहाँले सहकारी क्षेत्रको प्रवद्र्धनका लागि सहकारी बैंकसंग सहकार्य गर्न सबै सहकारी संघ संस्थाहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रिकुमार गुरागाईले राष्ट्रिय सहकारी बैंकका बारेमा जानकारी गराउनुभएको थियो । अन्तरक्रिया कार्यक्रममा उर्लाबारी शाखा अन्र्तगत रहेका १ सय भन्दा बढी सहकारी संघ/संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहकारी बैंक र सदस्य संघ संस्थाहरुबीच सहकार्य, सहकारी अभियानलाई प्रभावकारी बनाउने लगायतका विषयमा छलफल गरिएको उर्लाबारी शाखाकी प्रमुख मुना केसीले जानकारी दिनुभो । सोही अवसरमा उर्लाबारीको महिला उत्थान साकोस र सगरमाथा साकोसलाई उत्कृष्ट सहकारीको रुपमा सम्मान गरिएको थियो ।

प्रकाशित मिति: ५ असार २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्