गुठीको जग्गामा टाठाबाठाको चलखेल, किसानका पुर्जा नै गायब भएपछि…


 


दाङ । घोराही उपमहानगरपालिका–२ रामपुर पलाँसेका टेकबहादुर चौधरी स्वर्गद्वारी आश्रमका गुठी किसान हुन्। तीन पुस्तादेखि सोही आश्रमकै गुठी जमिनमा उनको परिवार आश्रित रहँदै आएको छ।

उनले आश्रमको एक बिघा जमिनको मालिक आफूलाई मान्दै आएका छन्। तर सो जमिनको मोही पुर्जा उनीसँग छैन। कहाँ कोसँग छ भन्ने पनि थाहा छैन। ‘जग्गा मेरो नाममा पास गराइदिने भन्दै धेरै वर्षअघि केही टाठाबाठाले पुर्जा लगेका हुन्,’ उनले भने, ‘अहिलेसम्म फिर्ता आएको छैन।’

आफूले भोगचलन गर्दै आएको गुठी जमिनको मोही पुर्जा फिर्ता ल्याउन धेरै कोसिस गरे। तर अहिलेसम्म उनले पाएका छैनन्। ‘पुर्जा दिनुस् भनेर एकजनालाई फोन गरें, मलाई उनको नाम पनि थाहा छैन,’ चौधरीले भने, ‘काठमाडौंमा छु, दाङ आएर दिन्छु भने तर अहिलेसम्म फिर्ता पाइएको छैन।’

रामपुर भट्टेटारका जयन्द्रप्रसाद चौधरी पनि स्वर्गद्वारी आश्रमको तीन पुस्ते मोही किसान हुन्। बाबुको नाममा रहेको १ बिघा ५ कट्ठा आश्रमको जमिन उनले पनि भोगचलन गर्दै आएका छन्। तर सो जग्गाको आधिकारिकता खोसिएको वर्षौं भइसक्यो। एकजनाले जग्गा नाममा पास गराइदिने भन्दै उनका बाबुसँग मोही पुर्जाको सक्कल कागजात लगिदिएछन्। ‘अहिले बुवा बितिसक्नुभयो, कागज लैजाने मान्छेलाई म चिन्दिनँ,’ उनले भने, ‘अब कहाँ कोसँग पुर्जा माग्न जाऊँ रु’ उनीसँग पनि पुर्जाको फोटोकपी मात्रै छ। यो खबर आजको नागरिक दैनिकमा छ।

प्रकाशित मिति: ५ असार २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्