यौन व्यवसाय गर्दा पक्राउ परेकी किशोरीको बयान : छाडिदिनुस् मेरो दुईदिनपछि विवाह छ


 


एजेन्सी । नेपाल सीमावर्ती भारतको उत्तर प्रदेशमा पर्ने देवरियामा भारतीय प्रहरीले तीन होटेलमा छापा मारेर ठुलो देह व्यापारको सञ्जाल फेला पारेको छ । छापा मारेर २९ जोडी गिरफ्तार गरिएको छ ।

पक्राउ परेका ५ महिला र ९ पुरुषलाई प्रहरीले अनैतिक देहव्यापारमा लागेको आरोपमा मुद्दा चलाएको छ । प्रहरीले देह व्यापारका लागि होटेलमा मोल मोलाई हुने गरेको जानकारी प्राप्त गरेपछि लामो योजनामा २९ जोडी पक्राउ गर्न सफल भएको जनाएको छ । स्थानीयले लामो समयदेखि होटेलमा देह व्यापार हुने गरेको प्रहरीमा उजुरी दिएका थिए ।

पक्राउ परेका किशोर किशोरीसँग प्रहरीले बयान लिएपछि नयाँ तथ्य फेला पर्‍यो । एक किशोरीले प्रहरीलाई आफ्नो दुई दिनपछि विवाह भएकाले छाडिदिन आग्रह गरिन् । उनका बारेमा प्रहरीले आफ्नो सञ्जालबाट बुझ्दा साँच्चीकै विवाह हुने कुरा पत्ता लाग्यो । प्रहरीले होटेलको रजिस्ट्रार नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । पक्राउ परेका बारे अनुसन्धान भइरहेको उत्तर प्रदेश पुलिसले जनाएको छ ।

प्रकाशित मिति: ४ असार २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्