एकाएक भीम रावल ओलीको पक्षमा कसरी पुगे ?


 


काठमाडौं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावल एकाएक सरकारको कामको बचाउमा उभिएका छन् । केही दिन अघिसम्म रावललाई सरकारको आलोचना गरेरै फुर्सद थिएन । तर, अचानक रावल सरकारको प्रशंसामा उत्रिएका छन् ।

उनले देशको मुहार फेर्नका लागि नै दुई ठूला कम्युनिष्ट पार्टीबीच एकता भएको बताउन थालेका छन् । मंगलबार गृहजिल्ला अछामको कमलबजारमा आयोजित कार्यक्रममा नेता रावलले सरकार देशको स्रोत साधनको उपयोग र परिचालनगरी विकास र समृद्धि ल्याउन खोजिरहेको बताएका थिए ।

उनले पार्टीको जिल्ला तहका कमिटीले पूर्णता पाइसकेकाले अब छिट्टै नगर, गाउँ तथा वडा कमिटीलाई पूर्णता दिइने र पार्टी सङ्गठन र विकासका गतिविधि प्रभावकारी बनाइने जानकारी दिए।

पूर्व उपप्रधानमन्त्री समेत रहेका रावलले नेकपा र उसले नेतृत्व गरेको सरकारले ल्याएका राम्रा नीति र कार्यक्रमबाट प्रमुख विपक्षी दल नेपाली कांग्रेस डराएको आरोप लगाएका थिए ।

प्रकाशित मिति: ४ असार २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्