कस्तो भयो होला मेरो गोठालो गर्ने संखम वन
✍ रमेश हतुवाली ✍
वारी कावा खोला छम छम
पारी छिरिङ् खोला सुश्साउदै बग्दा झन”
बसन्तको बहार संगै पलाउने त्यो सयवृक्ष रुख
लोक भाका गुन गुनाउँदै गाइ चराउँदै डुल्ने संखम वन ”
सगै हिंड्थ्यौ मेलापात गाई गोठाला च्यान्टी भुन्टी कस्ता भए होला .?
कुक्कु कुक्कु कराउने चराको धुन सुन्दै भुल्ने संखम वन ”
संसार को जुनकुना मा पुगे पनि नेपाली मेरो पन ”
घुम्दा खेरी संखम बन स्वर्ग जस्तै लाग्थेयो झन”
प्रकाशित मिति: २० बैशाख २०७३, सोमबार