यी हुन् पाँचथरमा हत्या गरिएकी युवती


 


पाँचथर, असार ४

गोपेटारस्थित एनएमबी माइक्रोफाइनान्सकाे व्याज उठाउन गएकी २० वर्षीय सुजता तामाङ फर्केर आइनन् । उनी कार्यरत कार्यालयमा खाेजिनीति हुँदा हुँदै थियाे स्थानीयले विभत्स हत्या गरि भीरबाट फ्याँकेकाे अवस्थामा मंगलबार साझ करिब ६ बजेतिर सुजताकाे शब देखे । तुरून्तै प्रहरीलाई खबर गरे । उनकाे घाँटिमा धारिलो हतियार प्रहार गरि बिभत्स हत्या गरिएकाे थियाे ।

हिलिहाङ गाउँपालिका ६ रातमाटेमा सुजाताको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको हो । गोपेटारस्थित एनएमबी माइक्रोफाइनान्समा कार्यरत सुजाताको शव हत्या गरेर भीरबाट लडाएको अवस्थामा स्थानीयले भेटेपछि प्रहरीलाई खबर गरेका थिए। माइक्रोफाइनान्सको ब्याज उठाउन गाउँ पुगेर फर्किदै गर्दा उनको हत्या भएको आशंका प्रहरीले गरेको छ। बाटोमा छाता, लेडिज ब्याग र भिरमा विभत्स अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

स्थानीयले खबर गरे लगत्तै जोरपोखरी प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको थियो। अहिले जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायव उपरीक्षक (डीएसपी) नरेन्द्र कुँवर नेतृत्वको टोली पनि घट्नास्थल पुगेको छ। डीएसपी कुँवरका अनुसार घटनाको अनुसन्धान भइरहेको छ। फाइनान्सको लगानीको ब्याज उठाएर फर्किएकी तामाङको साथबाट नगद लुटिएको हुनसक्ने अनुमान गरिएको आशंका रहेको डीएसपी कुँवरले बताए । यसअघि वैशाख २९ गते हिलिहाङ ४ की १५ वर्षीया शीतल योङहाङको घाँटी रेटी हत्या भएको थियो ।

प्रकाशित मिति: ४ असार २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्