भारतको लोकसभामा पहिलोपल्ट इन्द्रहाङले लिए नेपालीमा सपथ


 


झापा। भारतको लोकसभाका एकजना सदस्यले नेपाली भाषामा सपथ लिएका छन् ।लोकसभा सदस्यहरुको सपथग्रहणको दोस्रो दिन मंगलबार सिक्किमका लोकसभा सदस्य इन्द्रहाङ सुब्बाले नेपाली भाषाम सपथ लिएका हुन् ।

लोकसभामा कसैले संस्कृत भाषामा, कसैले हिन्दी त कसैले अंग्रेजीमा सपथ लिए पनि आजसम्म नेपाली भाषामा कसैले पनि सपथ नलिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतको दार्जिलिङबाट प्रकाशित हुने पत्रिका द दार्जिलिङ क्रोनिकलले नेपाली भाषामा सपथ लिने उनी पहिलो लोकसभा सदस्य रहेको उल्लेख गरेको छ ।सपथको पहिलो दिन संस्कृत भाषामा मात्रै १७ जना सांसदहरुले सपथ लिएका थिए । अधिकांश सांसदहरुले हिन्दी भाषामा सपथ लिएका छन् ।

प्रकाशित मिति: ३ असार २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्