देउवाले भने – “प्रधानमन्त्रीले बोल्ने होइन”


 


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा बोल्नका लागि पहिलो प्राथमिकता प्रमुख प्रतिपक्षी हुनुपर्ने बताउनु भएको छ ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच को पहिला बोल्ने भन्ने विषय नमिल्दा भएको नाराबाजीको विषमा बोल्दै सभापति देउवाले प्रतिपक्षी दललाई प्राथमिकता दिनुपर्ने बताउनुभएको हो ।

मंगलबारको बैठकमा प्रधानमन्त्रीभन्दा पहिले बोल्नका लागि प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा आफूले समय मागेपनि बोल्न नदिइएको भन्दै उहाँले भन्नुभयो “प्रधानमन्त्रीले बोल्ने होइन । जवाफ दिने हो ।

आफूलाई बोल्न नदिइएपछि संसद बैठक अवरुद्ध गरिएको देउवाको भनाइ थियो । प्रधानमन्त्री ओलीले पहिले बोलिसकेपछि के बोल्ने मैले ? सभापति देउवाले भन्नुभयो ।

प्रकाशित मिति: ३ असार २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्