देवरले नै भाउजुसँग कण्डम मागेपछि….


 


प्यूठान : ‘भान्जा र देवर भएर आएका थिए। मेरो घर नजिकै आएपछि भान्जालाई अलिकति उतापट्टी राखेर छिमेकी देवर आएर भाउजु मलाई अस्थायी साधन चाहियो भने’ गौमुखी गाउँपालिका–३ रजवाराकी रेवती कुमारी तामाङ(पुन)ले भनिन्, ‘म अलिकति नर्भस भए तर अहिले त्यो प्रेरणा बनेको छ, जस्का कारण अन्य युवाहरुपनि मागेर प्रयोग गरिरहेका छन्।’ देशभर महिला स्वास्थ्य स्वयंसेविका गाउँका डाक्टर र अस्पताल आफै बनेका छन्। गाउँमा महिला महिलाबीच यौन सम्बन्धित कुराहरु गरिने भएपनि शिक्षित महिला पुरुषबीच पनि यौनजन्य सचेतनाका कार्यक्रमहरु खुलेर गर्न नसकिएको अवस्था छ। त्यो समग्र ग्रामीण क्षेत्रको समस्या हो।

पुरुषहरुका लागि महिला स्वास्थ्य स्वयंसेविका भएका कारण परिवार नियोजनको अस्थायी साधन माग्न लाज मान्दछन्। तर गौमुखी गाउँपालिकाको रजवारामा भने युवायुवतीहरु अस्थायी साधन मागेर सुरक्षित सम्बन्ध राख्न थालेका छन्। आफ्नो कार्यक्षेत्रमा लाज नमानि परियार नियोजनका साधनको माग गर्ने गरेको साविक रजवारा गाउँविकास समिति– ६ की महिला स्वास्थ्य स्वयंसेविका रेवती कुमारी तामाङ पुनले जानकारी दिइन। आमा समुहको बैठक, विद्यालय, स्वास्थ्य संस्थाले परिवार नियोजनको साधनका विषयमा सचेतना फैलाए पनि ति साधनको प्रयोग गर्नका लागि यूवायूवतीले साधनहरु माग्न सक्ने हिम्मत गर्ने थिएनन्।

५४ वर्षिय महिला स्वास्थ्य स्वयंसेविका रेवती कुमारी तामाङ पुन १० वर्षदेखि महिला स्वास्थ्य स्वयंसेविकाको काम गर्दै आएकी छन्। आफु स्वास्थ्य स्वयंसेविका भएदेखि गाउँमा साधनको प्रयोगको कुरा गर्दा परिवारले शुरुवात समयमा त्यस्ता कुरा नगर्न दवाब दिने गर्थे। अहिले पनि केहीले दवाब दिन्छन्। तर आफ्नो गौरवान्वित पेशा मानेर उनीहरुलाई सम्झाएर काम गरिरहेको भन्दै स्वास्थ्य जस्तो सम्वेदनशिल क्षेत्रमा आफ्नो पनि योगदान पूराउन पाउनु जिवनको सन्तुष्टी मानेको उनको तर्क छ। ‘शुरु शुरुमा कोही पनि प्रजनन स्वास्थ्यका बिषयमा बोल्न चाहेनन् तर अहिले मेरो कार्यक्षेत्र त्यो छैन्’ महिला स्वास्थ्य स्वयंसेविका पुनले भनिन् ‘अहिले गाउँका प्राय पारिवारका पूरुषहरुले नहिचकिच्याई माग्ने गरेका छन्।’

गाउँमा परिवार नियोजनको प्रयोग नगर्दा वार्षिक आधा दर्जन जोडीको बिहे अघि नै बच्चा रहेको पाइएको छ। साविकको ६ वडा बाहेकमा पनि यूवाहरुले आफ्नो भविष्य रक्षाका लागि साधनको प्रयोगमा नहिच्किच्याउन आग्रह गरिन्। छ जोडिको बिहे अगावै गर्भ रजवारा स्वास्थ्य चौकीका इन्चार्ज रामचन्द्र चौधरीका अनुसार यस आर्थिक वर्षमा ४ जोडिको अस्थायी साधन प्रयोग नगर्दा बिहे अगाडि नै बालिकाहरु गर्भवती भएको जानकारी दिए। महिला स्वास्थ्य स्वयंसेविका रेवतीकुमारी तामाङ पुनको कार्यक्षेत्रमा बाहेक अन्य क्षेत्रबाट अस्थायी साधन माग्नेमा महिला नै रहेको पुरुषहरुले माग्न नसकेका कारण पनि बिहे अगावै अर्थात बाल्य अवस्थामै गर्भवती हुनेहरुको संख्या घट्न सकेको छैन्।

‘अविबााहित पुरुषहरुले त साधनहरुको प्रयोग ल्याउन सकेका छैनन्, जस्का कारण यस क्षेत्रमा बालबालिका अवस्थामै गर्भवती भएका उदाहरण छन्।’ प्रमुख चौधरीले भने ‘यसको नियन्त्रण नभएसम्म गाउँमा गर्भवतीहरु जोखिममै हुनेछन्।’ रजवारामा २१ प्रतिशत मात्रैले अस्थायी साधनको प्रयोग गर्दै आएका छन्। आगामी एक बवर्षमा करिव ६० प्रतिशत पु¥याउन योजना छ। गैरकानुनी रुपमा गर्भवती भएका कारण पूर्ण गर्भ जाँच, स्वास्थ्य संस्थामा सुत्केरी हुन आउन नसकेको अवस्था रहेको उनको भनाइ छ। अन्य महिला स्वास्थ्य स्वयंसेविकाहरुले पनि अस्थायी साधन मागेर महिलाहरुको जोखिम न्युनिकरण गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति: ३ असार २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्