राजेन्द्र महतो भारतीय’ भएको खुलासा ,यसरी लिएका रहेछन् नेपाली नागरिकता !


 


काठमाडौं, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राजेन्द्र महतोबारे सनसनीपूर्ण खुलासा गरेका छन् । मंगलबार आफ्नो एक अन्तर्वार्तामा यादवले राजेन्द्र महतो भारतीय नागरिक भएको र उनले कीर्ते गरी नेपाली नागरिक लिएको खुलासा गरेका हुन् ।

यसअघि धेरै नेपालीले महतो भारतबाट अंगीकृत नागरिक भएको आशंका गर्दै आएका थिए । उनले पहिला आफूले नागरिकता लिएको र पछि आफ्ना बुवाको पनि नेपाली नागरिकता बनाइदिएको बताइन्छ । यो आशंकालाई मधेसमा धेरै लामो समयदेखि राजनीति गर्दै आएका उपेन्द्रको खुलासाले पुष्टि गरेको छ ।

राजेन्द्र यस्ता व्यक्ति हुन् जो अंगीकृत नागरिक भइकन नेपालको मन्त्री बने । त्यतिमात्रै होइन् मधेसको अधिकारका लागि आन्दोलन भन्दै तराईकै जनतालाई दुःख दिइरहेका छन् ।

एउटा अनलाइनमा आफ्नो अन्तर्वार्तामा उपेन्द्रले राजेन्द्रको घर भारतको कोहरबा भन्ने ठाउँमा रहेको र ढाँटेर नागरिकता लिदै उनी पछि नेपाली बनेको उल्लेख गरेका छन् ।

चुनावको विरोधमा फेरि आन्दोलन गर्न खोजिरहेका राजेन्द्रलाई काउन्टर दिँदै उपेन्द्रले तराई मधेसमा जनताले चुनाव चाँहेको र वहिष्कार गर्ने सबै समाप्त हुने पनि टिप्पणी गरेका छन् । ‘नेपाली जनता चुनाव चाहन्छन्,’ उपेन्द्र भन्छन्– ‘पारीबाट मान्छे ल्याएर चुनाव रोक्न खोज्नेलाई जनताले डन्डा लगाएर लखेट्छन् ।’

प्रकाशित मिति: ३ असार २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्