शिक्षक संघले बुझायो अवधारणापत्र


 


बीरेन्द्रकुमार साह
बिराटनगर । नेपाल शिक्षक सँघ सुनबर्शी नगर कमिटीले विभिन्न योजना सहित सुनबर्शी नगरपालिकामा एक कार्यक्रम गरि अवधारणा पत्र हस्तान्तरण गरिको हो। सुनबर्शी नगरपालिकाको प्रतिनिधिको रुपमा वार्ड न -३ का अध्यक्ष टेकबहादुर बिष्ट र ५ का अध्यक्ष राजेन्द्र दासलाई सयुक्त रुपमा अवधारणा पत्र हस्तान्तरण गरिएको हो।
शिक्षा र शिक्षक र बिधार्थिहरुको हक हितकोलागी आउदो नगरपालिकाको योजनाहरुमा आफुहरुले तयार पारेको योजनाहरु राख्दा शिक्षा क्षेत्रमा सुधार हुने नेपाल शिक्षक सँघ सुनबर्शी नगर कमिटिका सभापती सुगनलाल साहले बताउनु भयो ।

अवधारणा पत्रमा नगर शिक्षाको शैक्षिक गुणस्तर बिस्तार, भौतिक ब्यवस्थापन , शिक्षक ब्यवस्थापन , बाल मैत्री बिधालय निर्माण , कर्मचारी बिधालय सहयोगी बाल बिकास शिक्षक धार्मिक मदर्शाको बिधालय बिस्तार तथा शिक्षक ब्यवस्थापन गर्नु पर्ने योजना सहित अवधारणा पत्र प्रस्तुत गरिएको थियो। नगरपालिकाको कुल बजेटबाट १५% बजेट शिक्षा क्षेत्रमा छुटयाउनु पर्ने समेत सभापती साहले बताउनु भयो।

प्रकाशित मिति: ३ असार २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्