नेपाल छिरेका ३ भारतीय प्रहरी कब्जामा


 


काठमाडौं । भारतको छत्तिसगढबाट खानतलासीका लागि आएका तीन भारतीय प्रहरीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । दुई महिनाअघि भागी विवाह गरेका किशोरकिशोरीलाई (युवक अछाम र युवती भारतको छत्तिसगढ घर भएका) पक्राउ गर्न आएको भारतीय प्रहरी अधिकारी अशोक पाण्डे नेतृत्वको टोलीलाई जिल्ला प्रहरी कार्यालयमा निगरानीमा राखिएको छ ।

भारतको छत्तिसगढ राज्यको कोबार जिल्लाकी एक १५ वर्षीया किशोरीलाई अछामको बान्नीगढी जयगढ गाउँपालिका– ६ दर्नाका १९ वर्षीय केशव सोनीले भगाएर ल्याएका थिए ।

किशोरीको परिवारले छोरी खोजीको निवेदन दिएपछि छत्तिसगढ प्रहरी महानिरीक्षकले भारतको पञ्जाव, हरियाणा, उडिसा र अछाम (नेपाल) मा खानतलासी गर्न अनुमति दिएको थियो । त्यही अनुमतिका आधारमा पाण्डे नेतृत्वको टोली नेपालगन्जको रुपडिया नाका हुँदै अछाम पुगेको थियो ।

प्रकाशित मिति: ३ असार २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्