अब सामुदायिक विद्यालयका छात्राहरुलाई मासिक ५ सय रुपैयाँ छात्रवृत्ति


 


वीरगञ्ज, असार २

प्रदेश २ का सामुदायिक विद्यालयका छात्राहरुले मासिक ५ सय रुपैयाँ छात्रवृत्ति पाउने भएका छन् । आइतबार सार्वजनिक भएको प्रदेश दुईको आगामी वर्षको बजेतमा उक्त व्यवस्था गरिएको हो ।

सामुदायिक विद्यालयमा कक्षा १ देखि ८ सम्म अध्ययनरत आर्थिक रुपले विपन्न, दलित एवं मुस्लिम छात्राहरुलाई मासिक ५ सय रुपैयाँका दरले विशेष छात्रवृत्तिको व्यवस्था गरिएको हो । यसकालागि नेपाल सरकारको अनुदानबाट सञ्चालन हुने कार्यक्रमका लागि ४८ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

यसैगरि प्रदेश दुईका आठवटै जिल्लामा एक/एक वटा सामुदायीक विद्यालय छनोट गरी नुमुना प्रदेशिक विद्यालयको रुपमा विकास गर्न प्रदेश सरकारले ६ करोड ७१ लाख २३ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । साथै आगामी आर्थिक वर्षमा प्रत्येक निर्वाचन क्षेत्रमा एक सामुदायिक विद्यालयलाई प्राविधिक विद्यालयको रुपमा स्तरोन्ती र सञ्चालन गर्न १६ करोड बजेट छुट्याइएको छ ।

प्रकाशित मिति: २ असार २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्