प्रधानमन्त्रीसँग एकनाथ ढकालले मागे सांसद पद


 


काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले संसदमा आाफ्नो दललाई सहभागी गराउन माग गरेका छन् ।

युरोप भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार बालुवाटारमा भेटेर पूर्वमन्त्रीसमेत रहेका ढकालले संसदमा आफ्नो दलको प्रतिनिधित्वबारे माग गरेका हुन् ।

भेटमा उनले गत निर्वाचनका बेला परिवार दलले तीन बुँदे सहमति गरी वाम गठबन्धनलाई सघाएको प्रधानमन्त्रीलाई स्मरण गराएको उक्त दलले विज्ञप्ति निकालेर जनाएको छ ।

प्रकाशित मिति: २ असार २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्