मोरङमा सत्तारुढ नेकपाप्रति आकर्षण, कांग्रेसका ९३ जना कार्यकर्ता प्रबेश


 


मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८ मा नेपाली कांग्रेस पार्टीका सक्रिय कार्यकर्ता पारस लिम्बू र फिफराज लिम्बुको नेतृत्वमा ९३ जना नेपाली कांग्रेस परित्याग गरि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रबेश गरेका छन ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पथरीशनिश्चरे नगरपालिकाको वडा नम्बर ८ को सुक्रवारेमा आयोजित पार्टी प्रवेश तथा टोल कमिटी गठन कार्यक्रममा उनीहरु नेपाली कांग्रेस परित्याग गरि नेकपामा प्रवेस गरेका हुन । नेपाली कांग्रेस परित्याग गरि प्रबेश गरेका पारस लिम्बूले जनताको मर्म र दुखः बुज्ने पार्टी नेकपा भएकोले अब बाट असल कार्यकर्ता भएर लाग्ने बताए ।

कार्यक्रममा मन्तब्य राख्दै स्थानीय कमिटी निर्माणका सवालमा कार्यक्रमका प्रमुख अतिथि पार्टी प्रदेश कमिटी सदस्य युवराज बास्कोटाले नेकपाको राजनीतिक बैचारिक पक्षउपर जोड दिँदै राजनीतिक अधिकार प्राप्तिको लडाइँमा होमिएको नेकपा नेतृत्वको एकीकृत नेपाली कम्युनिष्ट शक्ति अब सुप्रबन्धकारी क्षमताका साथ अधिकार प्राप्तिको लडाइँमा लाग्नुपर्ने बताउनुभयो । उहाँले आफ्नो पार्टी नेकपा प्रवेश गर्नुभएका पचासौं साथीहरू लक्षित बधाई ज्ञापन गर्नुहुँदै नेपाली काङ्ग्रेस सम्बद्ध पारस लिम्बु मात्र होइन, अब सद्बुद्धि र सद्मति आए अन्य जो कोहीपनि नेकपा हुन सक्ने कुराको विकल्प नरहेको बताउनुभयो ।

कार्यक्रममा नगर उपप्रमुख यमुना बिस्ट बास्तोलाले नगरपालिकाले विकास निमार्णमा फड्को मार्दै गएको बताउदै नगरपालिकाले ८ वडामा विकास निमार्णमा धेरै ध्यान दिएको बताउँदै चुनावमा गरिएका वाचाँहरु पुरा गर्ने बताउनुभयो । वडा नम्बर ८ का नेकपाका संयोजक नबिन कार्कीले नव प्रवेसीलाइ स्वागत गर्दै वडाको बिकास र सम्वृद्धिमा पार्टीले सबै लाई समान ब्यबहार गर्ने बताए ।

नेकपा जिल्ला सदस्य टंक भण्डारी ,जिबन खतिवडा अग्रज नेता भोला रिजाल, दौलतराम भण्डारी लगायतको उपस्थितिमा भएको उक्त कार्यक्रममा गङा भण्डारीको नेतृत्वमा २५ सदस्यीय टोल कमिटी गठन गरिएको छ ।

प्रकाशित मिति: २ असार २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्