गुठी विधेयक स्थगित गराैं, नयाँ शिराबाट अघि बढौं – सांसद योगेश भट्टराई


 


काठमाडौं, असार १ : नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य एवं सांसद योगेश भट्टराईले सरकारले संसदमा दर्ता गराएको गुठी विधेयक स्थगित गर्न प्रस्ताव गरेका छन्।

भट्टराईले गुठी विधेयकबारे बुझाउनु पर्नेले बुझाउन नसकेको र बुझ्नु पर्नेले बुझ्न कोशिस नगरेकाले विधेयक स्थगित गर्न प्रस्ताव गरेका हुन्।

ट्वीटरमा ट्वीट गर्दै उनले भनेका छन्–आगोमा रोटी सेक्न अबाञ्छित पनि मिसिए र साम्प्रदायिक सद्भावमाथि धावा बोल्न थाले। प्रधानमन्त्री स्वेदेश फर्कनु भयो। अब यो विधेयकलाई स्थगित गरी नयाँ शिराबाट अघि बढ्नु नै उपयुक्त होला। प्रधानमन्त्रीज्यू!

प्रकाशित मिति: १ असार २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्