१ नं प्रदेश सरकारद्धारा ४२ अर्ब २० करोडको बजेट प्रस्तुत (पुरा बजेट पढ्नुहोस्)
विराटनगर, असार १
प्रदेश १ सरकारले आज ४२ अर्ब २० करोड ४ लाख १२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले आज अपराह्न आर्थिक वर्ष २०७६/७७ का लागि यो आकारको बजेट सार्वजनिक गर्नुभएको हो ।
बजेटको प्राथमिकतामामा कृषि, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार परेको छ ।
प्रकाशित मिति: १ असार २०७६, आइतबार