गर्मीका कारण २४ घण्टामा ६६ जनाको मृत्यु


 


नयाँ दिल्ली, असार १

भारतको बिहार राज्यमा भीषण गर्मीका कारण लू लागेर २४ घण्टाको अवधिमा ६६ जनाको ज्यान गएको छ । औरंगाबादमा सबैभन्दा बढी ३०, गयामा २५ र राजधानी पटनामा ३ जनाको ज्यान गयो । लूको प्रकोपबाट ग्रस्त नागरिक शरीरमा जलन भएको भन्दै अस्पताल पुगिरहे । अस्पतालमा करिब १०० बिरामीको उपचार चलिरहेको दैनिक भास्करले उल्लेख गरेको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्री डा। हर्षवर्धनले गर्मीबाट राहत पाउने स्थिति नहुँदासम्म घरबाट बाहिर ननिस्किन सुझाव दिएका छन् । सरकारले अस्पतालहरुलाई हाइअलर्टमा रहन भनेको छ । औरंगाबादका सिभिल सर्जन डा। सुरेन्द्र प्रसादले जिल्लामा लु लागेका ३० जनाको मृत्यु भएको पुष्टि गरे ।

२५ भन्दा बढीको सदर अस्पतालमा ज्यान गएको हो । यो अस्पतालमा ७० भन्दा धेरै बिरामी भर्ना छन् । अधिकांश मृत्यु दिउँसो २ बजेदेखि ५ बजेको बीचमा भएका छन् । एजेन्सी

प्रकाशित मिति: १ असार २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्