मौसम विज्ञान विभागको अनुरोध ? पूर्वका खहरे खोलासँग सतर्क रहन आग्रह


 


काठमाडौं । आज पूर्वी पहाडका खहरे खोलामा जल सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । सो महाशाखाले आज, भोलि र पर्सि देशका प्राःय सबै नदीहरुमा वहाव सामान्य रहने तर पूर्वी भागको विरिङ, कन्काई लगायत चुरेबाट बहने साना खहरे खोलाहरुको केही स्थानहरुमा क्षणिक मध्यम वर्षा हुने तथा जल सतह केही बढ्ने सम्भावना समेत भएकाले उक्त स्थानमा सामान्य सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति: १ असार २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्