थानकोट–नागढुङ्गा सुरुङमार्ग निर्माण असोजबाट सूरु हुने


 


काठमाडौं, असार १

थानकोट–नागढुङ्गा सडकखण्डमा प्रस्तावित सुरुङमार्ग निर्माणको शिलान्यास असारभित्रमा हुने भएको छ । सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुणजङ्ग थापाले थानकोटको नागढुङ्गाबाट धादिङको सिस्नेखोला निस्कने सो सुरुङमार्ग निर्माणका लागि निर्माण कम्प्नी छनोट प्रत्रिया अन्तिम चरणमा रहेको छ ।

‘असारको पहिलो हप्तासम्म निर्माण कम्पनी छनोट भई असारभित्रमा शिलान्यास गरिने छ,’ उहाँले भन्नुभयो । महाशाखले सुरुङमार्ग निर्माणका लागि ग्लोबल टेन्डर (बोलपत्र) आह्वान गरेको थियो ।

अहिले अह्वान अनुसार निवेदन दिएका निर्माण कम्पनीहरूले पेस गरेका प्रस्तावहरुको मूल्याङ्न कार्य भइरहेको छ । यो खबर गोरखापत्र दैनिकले छापेको छ ।

प्रकाशित मिति: १ असार २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्