माछापुछ्रे बैंकको थप चार नयाँ शाखा शुभारम्भ


 


काठमाण्डौँ, जेठ ३२

माछापुछ्रे बैंक लिमिटेडलेप्रदेश नंं १ का सुनसरी र झापा जिल्लामाथप ४ शाखा कार्यालयहरु शुभारम्भ गरेको छ । बैंक ले यही २८ गते मंगलबार सुनसरी जिल्लाको इनरुवा नगरपालीकास्थित इनरुवा र सोहि जिल्ला कै बराहाक्षेत्र नगरपालिकास्थित चक्रघट्टी तथा जेठ ३० गते बिहिबार झापाको भद्रपुर नगरपालिका १०, स्थितचन्द्रगढी र सोहि जिल्ला कै मेचीनगर नगरपालिकास्थित काँकरभिट्टा शाखा कार्यालयहरुको औपचारिक समुद्घाटन गरेको हो ।

सुनसरी जिल्लाको इनरुवास्थित शाखा कार्यालयको इनरुवा नगरपालिकाका मेयर राजन मेहता तथा चक्रघट्टी शाखा कार्यालयको बराहाक्षेत्र नगरपालिकाका मेयर निलम खनालले समुद्घाटन गनुभएको हो ।

त्यसैगरि झापाको चन्द्रगढी शाखा कार्यालयको भद्रपुर नगरपालिकाका मेयर जीवन श्रेष्ठ तथा झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालज्यूले संयुक्तरुपमा उद्घाटन गर्नुभयो भने काँकरभिट्टा शाखा कार्यालयको मेचीनगर नगरपालीकाका मेयर बिमल आचार्यले समुघाटन गर्नुभएको हो ।

यसैगरि बैंकले देशका विभिन्न स्थानमा थप १२ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले तनँहु, चितवन, नवलपुर, नवलपरासी, रौतहट, सुर्खेत, बर्दिया लगायतका जिल्लामा थप १२ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो ।

माछापुच्छ्रे बैंकले देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध हुनेछ ।

प्रकाशित मिति: ३२ जेष्ठ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्