उर्लाबारीमा खुकुरी प्रहार गर्ने पक्राउ


 


उर्लाबारी, जेठ ३२

मोरङको उर्लाबारी—९ सिम्बुटोलमा इन्द्रहाङ शेर्मालाई खुकुरी प्रहार गर्ने सोही वडाका प्रकाश थापालाई इलाका प्रहरी कार्यालय उर्लाबारीले पक्राउ गरेको छ ।

ज्यान मार्ने उद्देश्यले शुक्रवार राति १२ बजे अन्धाधुन्ध खुकुरी प्रहारबाट शेर्मा गम्भिर घाइते बनेका छन् । उनको घाँटी, छातीलगायत शरिरको विभिन्न भागमा चोट लागेको दाजु सुरेन्द्र शेर्माले बताउनुभयो । गर्मीको समयमा भाई बाहिर सुतेकै ठाउँमा ज्यान मार्ने गरी खुकुरी प्रहार भएको उहाँले बताउनुभयो ।

इन्द्रहाङको उपचार झापाको विएण्डसी हस्पिटलमा भईरहेको छ भने खुकुरी प्रहार गर्ने थापालाई इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाको नेतृत्वमा खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।  गाउँमा मरिमराउ भएको घरमा सोही राती प्रकाश र इन्द्रहाङको सामान्य विवाद भएको थियो । त्यहि रिसमा प्रकाशले घरमै गएर आक्रमण गरेको हुन सक्ने बताइएको छ । यस बिषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ३२ जेष्ठ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्