अब नेपाली जनताले युद्ध गर्नुपर्ने बेला आयो : वरिष्ठ नेता पौडेल


 


पोखरा, जेठ ३२ । नेपाली कांगे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले दुईतिहाइको दम्भमा अदालत र अख्तियारलाई निरीह बनाएर भ्रष्टाचार गरेको आरोप लगाएका छन् ।

शैलजा आर्चाय समाज कास्कीले शनिबार पोखरामा आयोजना गरेको भ्रष्टाचारविरुद्धको नागरिक अभियान कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

नेता पौडेलले सरकारले कमिसनको खेलमा मेलम्ची, बूढीगन्डकी र ‘वाइडबडी’मा भ्रष्टाचार गरेको दाबी गरे ।

उनले भ्रष्टाचारका कारण राजनीतिप्रति जनताको वितृष्णा र आत्मसन्तुष्टि गुमेको बताए ।

नेता पौडेलले भ्रष्टाचारविरुद्ध हरेक ठाउँबाट जनताले युद्ध गर्नुपर्ने बेला आएको बताए ।

कार्यक्रममा पूर्वसभामुख तारानाथ रानाभाटले देशमा राजा नभएपनि अहिले सयौं राजा बनेर भ्रष्टाचार गरिरहेको जिकिर गरे ।

प्रकाशित मिति: ३२ जेष्ठ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्