सुकेधारा बम विस्फोटमा विप्लव कार्यकर्ता राजकुमार श्रेष्ठको निधन


 


काठमाण्डौँ, जेठ ३२

काठमाण्डौँको सुकेधारामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले बनाएको बम विस्फोटमा परी घाइते भएका थप एक जनाको शनिबार मृत्यु भएको छ ।

विप्लव समूहद्वारा आयोजित नेपाल बन्दको अघिल्लो दिन १२ जेठमा सुकेधारास्थित एक सैलुनमा भएको विस्फोटमा घाइते भएका राजकुमार श्रेष्ठको ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । रामेछाप मन्थलीका स्थायी बासिन्दा श्रेष्ठ विप्लव कार्यकर्ता हुन् । योसँगै उक्त विस्फोटमा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

यसअघि सोही घटनामा विप्लव सम्वद्ध अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रज्ज्वल शाहीसहित चार जनाको सोही दिन मृत्यु भएको थियो । घटनामा गम्भीर घाइते भएका हरि खड्का र सुरेन्द्र महर्जनको ओम अस्पतालको आइसियूमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: ३२ जेष्ठ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्