समाजवादी पार्टीका नेताले श्रीमतीलाई कुटेर बेहोस बनाए


 


सप्तरी । उपेन्द्र यादव र बाबुराम भट्टराई अध्यक्ष रहेको समाजवादी पार्टीका नेताले सार्वजनिक स्थलमै श्रीमतीलाई हेलमेट, लात्ती र मुक्का प्रहार गरी बेहोस बनाएका छन् ।

सो पार्टीका सप्तरी अध्यक्ष ३५ वर्षीय केदार यादवले राजविराज–हनुमाननगर सडक खण्डअन्तर्गत देउरी भरुवास्थित खाँडो खोलाको पुलमा श्रीमती बिनितालाई दर्जनौं सर्वसाधारणका अगाडि शुक्रबार निर्मम कुटपिट गरेका हुन् । बिनिता बथनाहास्थित द्वारका श्रीलाल सातनी यादव माविकी शिक्षका हुन । विद्यालयबाट स्कुटरमा घर फर्कंदै गर्दा यादवले बाटैमा उनीमाथि निर्घात कुटपिट गरेका थिए ।

कुटपिटबाट गम्भीर घाइते भएर सडकमै बेहोस अवस्थामा लडेकी बिनितालाई स्थानीयले उद्धार गरी गजेन्द्रनारायण सिंह अस्पताल पु¥याएका थिए । उनको सोही अस्पतालमा उपचार भइरहेको छ । यादवले स्कुटर माग्दा नदिएकाले स्कुटरको साँचो खोसाखोस मात्र भएको भन्दै कुटपिटको आरोप निराधार भएको दाबी गरे ।

पटकपटक झगडा हुने गरेको भन्दै बिनिता विगत आठ वर्षदेखि राजविराजस्थित माइतीघरमा बस्दै आएकी छन् । यसैबीच बिनिताले श्रीमानमाथि कडा कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएकी छन् ।

प्रकाशित मिति: ३२ जेष्ठ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्