नेपालसँग रेलमार्ग जोड्ने तिब्बतको तीव्र इच्छा


 


काठमाडौं । चीनको स्वायत्त प्रदेश तिब्बले नेपालसँगको सम्बन्ध अझै प्रगाढ बनाएर बेल्ट एन्ड रोड इनिसिटिभलाई नेपालमार्फत दक्षिण एसिया प्रवेश गराउने उद्घोष गरेको छ । शुक्रबार तिब्बतको ल्हासामा आयोजित ‘तिब्बत जनसरकारका प्रमुख तथा चिनियाँ कम्युनिस्ट पार्टी तिब्बत स्वायत्त प्रदेशका उपसचिव छी चालाले नेपालसँगको सम्बन्धलाई चीनलाई उच्च महत्त्व दिएको छ।

इतिहासमा चीन र नेपालबीचमा हिमालय कहिल्यै पनि अवरोध नभएको, नदीका हरेक बहावले सञ्चारको काम गरेको र हिमालका प्रत्येक पाइला मित्रताका बरन्डा रहेको भन्दै उनले नेपालसँगेको ऐतिहासिक सम्बन्धलाई मार्मिक ढंगले प्रस्तुत गरे। यस परियोजनामा दुई खर्ब ८० अर्ब अमेरिकी डलर लगानी हुने छीले स्पष्ट पारे। यो समाचार नागरिक दैनिकमा छ ।

प्रकाशित मिति: ३२ जेष्ठ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्