कांग्रेसका जिल्ला कार्य समिति सदस्य सहित ७ दर्जन कार्यकर्ता नेकपा प्रवेश


 


डोटीः डोटीमा नेपाली कांग्रेस र तत्कालिन नयाँ शक्ती पार्टी, नेपाल परित्याग गरी ७ दर्जन नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

कांग्रेसका पूर्वजिल्ला कार्य समिति सदस्य तथा साविक रानागाउँ गाविसका अध्यक्ष धुब्र रावल, नयाँ शक्ती पार्टी नेपालका अन्तिम केन्द्रीय परिषद् सदस्य धनबहादुर बिष्ट, नेपाली कांग्रेस दिपायल सिलगढी नगरपालिका वडा नं। ४ का वडा सदस्य भिमबहादुर कठायत, नयाँ शक्तीका पार्टी, नेपालका शिक्षक संगठनका प्रदेश सदस्य दिपेन्द्र खड्का, दलितका जिल्ला संयोजक लाल बि।क, महिला संगठनका प्रदेश सदस्य जगु थापासहित ७ दर्जन नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेका पार्टीका जिल्ला अध्यक्ष चक्र मल्लले जानकारी दिए ।

पार्टी प्रवेश गर्ने सबैलाई नेकपाका स्थायी कमिटी सदस्य भिम रावल, लेखराज भट्ट, सुदूरपश्चिम प्रदेशका सह–ईञ्चार्ज लक्ष्मणदत्त जोशी, प्रदेश अध्यक्ष कर्ण थापा, सचिब नेपबहादुर चौधरीले सामूहिक रुपमा स्वागत गरेका थिए । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का जिल्ला सदस्यले सपथग्रहण गरेकै दिन पार्टी प्रवेशको घोषणा गरिएको हो ।

प्रकाशित मिति: ३२ जेष्ठ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्