रामकुमारी झाँक्रीले भनिन् – ल्यापटप बाँडेर सांसदको हुर्मत लिने काम नगरौ


 


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद रामकुमारी झाँक्रीले सांसदलाई ल्यापटप दिनेबारे आपत्ति जनाएकी छिन् । बिहीबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा सांसद झाँक्रीले सांसदलाई ल्यापटप दिने कुराको विरोध गर्दै ल्यापटप बाँडेर सांसदको हुर्मत नलिन आग्रह गरिन् ।

संसदमा उनले भनिन्, ‘केही दिन अगाडिदेखि पत्रपत्रिकाहरुमा ३ सय ३४ सांसदहरुलाई ल्यापटप बाँड्ने संसद सचिवालयले निर्णय गरेको र टेन्डर आह्वान गरेको भन्ने कुरा सुनेँ । यो सुन्दा मलाई दुःख लागेको छ ।’

उनले विगतमा पनि सांसदहरुलाई यस्ता खुद्रामसिना कुराहरु बाँड्ने र हुर्मत लिने काम भएको स्मरण गराउँदै भनिन्, ‘सांसद विकास कोषको नाममा ६ करोड दिइयो । ०५१ सालमा पनि सांसदहरुलाई भन्सार सुविधामा गाडी ल्याउन दिइयो । यस्ता कुराहरुले सांसदहरुलाई क्रमशः जनताबाट अलग्याउने र सांसदप्रति जनताको नकारात्मक भावनाको विकास गर्ने देखिन्छ ।’

संसद सचिवालयले सांसदहरूलाई ‘पेपरलेस’ र ‘सूचना प्रविधिमैत्री’ बनाउन भन्दै ल्यापटप दिने प्रक्रिया अघि बढाएको थियो ।

प्रकाशित मिति: ३० जेष्ठ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्